२०८१ मंसिर १२, बुधवार , ०२:२९:३५ बजे

Sajhamanch
'

रोहितको शतकका बाबजुद चेन्नाइसँग हार्‍यो मुम्बइ

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइ सुपर किंग्सले मुम्बइ इन्डियन्सलाई पराजित गरेको छ।आइतबार राति भएको खेलमा रोहित शर्माको शतकीय पारीका बाबजुद पनि मुम्बइले चेन्नाइसँग २० रनले हारेको हो ।२०७ रनको लक्ष्यको पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १८६ रन मात्र बनायो । रोहितले अविजित १०५ रन बनाए ।

इशान किसनले २३, तिलक बर्माले ३१ र टिम डेभिडले १३ रन बनाए । अरु कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा मुम्बइ चेन्नाइसामु निरीह भयो ।मुम्बइलाई रोक्न चेन्नाइका मतिशा पाथिराना एक्लैले जम्मा २८ रन खर्चेर चार ओभरमा चार विकेट लिए । तुसार देशपाण्डे र मुस्ताफिजुर रहमाले एकरएक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले चार विकेट गुमाएर २०६ रन बनाएको थियो । रुतुराज गायकवाडले ६९, शिभम दुबेले ६६ रनको योगदान गरे । रचिन रविन्द्रले २१, महेन्द्रसिंह धोनीले २० र र्डेल मिचेलले १७ रन बनाए ।मुम्बइका हार्दिक पाण्ड्याले २, गेर्राड कोट्जी र श्रेयस गोपालले एकरएक विकेट लिए ।यो खेल जितेसँगै चेन्नाइ तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बइ ८औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर