२०८१ असोज ४, शुक्रवार , ०५:३४:३२ बजे

Sajhamanch
'

नयाँ कलाकारलाई भेट्दा अनुराग कश्यपले पैसा लिने, एक घण्टाको ५ लाख

सोमवार, चैत १२, २०८०

बलिउड निर्देशक अनुराग कश्यप आफ्नो खुलापनको कारण चर्चामा रहन्छन् । उनले दिने अभिव्यक्ति प्रायः हेडलाइन बन्छन् । यतिबेला उनी नयाँ स्टेटमेन्टले चर्चामा छन् ।

भारतीय फिल्म उद्योगमा आउने नयाँ कलाकार लक्षित उनको अभिव्यक्ति चर्चामा छ । नयाँ कलाकार बन्ने आउनेलाई अब आफूले सित्तैंमा भेटेर समय बर्बाद नगर्ने उनको भनाइ छ ।त्यस्ता नयाँ व्यक्तिबाट आफूले शुल्क लिने उनको भनाइ छ । उनले दिएको यस्तो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेको पोस्टमा लेखिएको छ, ‘नयाँ आउने धेरैलाई मैले मद्दत गरेको छु । यतिबेला म थकित छु । आफूलाई महान् व्यक्ति भन्ने कसैलाई पनि भेटेर समय खेर फाल्ने छैन । अब पैसा लिन्छु । कसैले मलाई भेट्न चाहन्छ भने १०(१५ मिनेटको एक लाख रुपैयाँ लिन्छु ।’उनले अगाडि लेखेका छन्, ‘आधा घण्टाका लागि दुई लाख रुपैयाँ लिन्छु । यदि कसैले मलाई एक घण्टा भेट्न चाहन्छ भने पाँच लाख रुपैयाँ तिर्नुपर्छ । यो मेरो रेट हो । मान्छेलाई भेट्दा समय बर्बाद गरेकोमा म थकित छु । यदि तपाईंले खर्च गर्न सक्नुहुन्न भने मलाई कल गर्नुस् नत्र भाँडमा जानुहोस् । सबै पैसा अग्रिम तिर्नुपर्छ ।’

कश्यपको यो अभिव्यक्ति सामाजिक सञ्जालमा छाइरहेको छ । धेरै प्रयोगकर्ताले यो कुरामा मजाक उडाइरहेका छन् । कामको कुरा गर्दा कश्यपले बनाएको पछिल्लो फिल्म ‘केनेडी’को प्रदर्शन मिति तय भइसकेको छैन । यो फिल्ममा सन्नी लियोनी र राहुल भट्टले काम गरेका छन् ।

सम्बन्धित खबर