२०८२ कार्तिक २९, शुक्रवार , ११:३६:५३ बजे

Sajhamanch
'

आइतबारदेखि मौसममा सुधार हुने

बिहिवार, चैत ८, २०८०

काठमाडौ । मौसमविद्हरूले आइतबार बिहानदेखि काठमाडौं लगायत पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा मौसममा क्रमिक रूपमा सुधार हुने अनुमान गरेका छन्।

आइतबार बिहान काठमाडौँमा घाम लाग्ने उनीहरूको अनुमान छ। वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार दक्षिण पूर्वमा विकसित भएको निम्न चापीय क्षेत्र ९लो प्रेसर एरिया० र पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु प्रणालीको कारण काठमाडौं लगायत पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा हल्का वर्षा, मध्यम वर्षा र केही ठाउँमा मेघगर्जन र चट्याङ्ग पर्ने सम्भावना शनिबारसम्म कायमै रहेको छ।

‘दक्षिण पूर्वी क्षेत्रमा निम्न चापीय क्षेत्र विकसित भएकोले काठमाडौँ, मधेस र कोशी प्रदेशमा हल्का, मध्यम वर्षा भइरहेको छ भने पश्चिमी वायु प्रणालीको कारण पश्चिमी र सुदूरपश्चिम क्षेत्रमा हल्का, मध्यम वर्ष, मेघ गर्जन र चट्याङको सम्भावना आगामी शनिबारसम्म कायमै रहेको छ’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार देशभर साधरणतया बदली र फाट्टफुट्ट वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा हुने सम्भावना रहेको छ। यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी शुक्रबार राती बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली हुने सम्भावना छ। शुक्रबार राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा हुने सम्भावना छ।

त्यस्तै शनिबार कोशी, मधेस र बागमती प्रदेशमा साधरणतया आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यसैगरी शनिबार कोशी प्रदेशका केही स्थानहरूमा, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

शनिबार मधेस प्रदेश, कोशी प्रदेशका तराई भूभागका केही ठाउँमा हावा हुरी आउने सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने भएकोले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
शुक्रवार, कार्तिक २९, २०८२
आज देशभरको मौसम सफा रहने
बिहिवार, कार्तिक २८, २०८२
आज यस्तो रहनेछ मौसम
बुधवार, कार्तिक २७, २०८२