२०८२ जेठ १, बुधवार , ११:३०:२८ बजे

Sajhamanch
'

यादवले गरे माओवादीसँग एकता, बाबुराम भट्टराई पक्ष भन्छ – औचित्य छैन

शनिवार, चैत ३, २०८०

काठमाडौ । नेपाल समाजवादी पार्टी (नेसपा)को विवाद फेरि चर्किएको छ । अध्यक्ष बाबुराम भट्टराईको समर्थनबिना अर्का अध्यक्ष महिन्द्रराय यादवसहितका नेताले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको सहमति गरेका छन् ।

शनिबार बालुवाटारमा सहमति भएको हो । पार्टी अध्यक्ष भट्टराई पार्टी एकताको विपक्षमा रहँदा सहमति गरेपछि उनी निकटका नेताहरूले माओवादीमा प्रवेश गर्न चाहेकाले संवाद गरेको आरोप लगाएका छन् ।

नेसपाका कार्यालय प्रमुख रोशन पोखरेलले अहिले पार्टीगतरूपमा माओवादीसँग एकताको संवाद नै हुन नसक्ने बताए । भट्टराईबिनाको बैठकको औचित्य नरहेको उनको भनाइ छ ।

अध्यक्ष बिनाको बैठकको कुनै औचित्य छैन । कसैलाई प्रवेश गर्न ग्रसित मनशायले कुरा गरेका हुन सक्छन् । त्यो स्वतन्त्रता त छ । तर, अहिलेकै अवस्थामा नेपाल समाजवादी पार्टी र माओवादीबीच संवादको आवश्यकता पनि छैन, उनले भने माओवादी उल्टो दिशातिर गइरहेको छ । पार्टीगत हिसाबमा कुनै संवाद हुँदैन ।

भट्टराईले पार्टीको कार्यकारिणी समिति बैठक आइतबार र सोमबारका लागि बोलाएका छन् । तर, यादव पक्षले बैठक नै नरहेको भन्दै विज्ञप्ति जारी गरिसकेको छ ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुको अध्यक्षतामा बसेको बैठकले एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरेको छ ।

पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव छन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए ।

सम्बन्धित खबर