२०८२ जेठ २, बिहिवार , ०७:४३:०३ बजे

Sajhamanch
'

राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता हुँदै, आजै नामावली प्रकाशन हुने

सोमवार, फागुन २८, २०८०

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

पूर्वनिर्धारित कार्यतालिका अुनसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने संघीय सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मतदान भने मंगलबार हुने कार्यतालिका छ ।


राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।

सम्बन्धित खबर