२०८२ जेठ २, बिहिवार , ०८:१२:५८ बजे

Sajhamanch
'

सिन्धुलीमा जिप दुर्घटना, १२ जना घाइते

शुक्रवार, फागुन २५, २०८०

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित हत्पतेमा जिप दुर्घटना भएको छ । प्रदेश–२–०४–००१ च ००५६ नम्बरको योद्धा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

घायतेहरुको बर्दिबासस्थित जनसेवा अस्पताल र भिमानस्थित आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर केशव कुमार कटुवालले जानकारी दिए । शुक्रबार लङ्गुरखोला महादेव मन्दिर दर्शनका लागि यात्रु लिएर जाँदै गरेको जिप आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

बोलेरो चालक ४२ वर्षीय विनोद कुमाार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

दुर्घटनामा परेर घाइते हुनेहरुमा महोत्तरीको गौशाला नगरपालिका–११ घर भएका पवन यादव, ललिता देवी यादव, राम कुमारी महतो, रामएकचाल सिंह, विवा कुमारी सिंह, चन्द्र कुमारी सिंह र निलम यादव छन् ।

त्यस्तै, धनुषा मिथिला नगरपालिका घर भएका धिरज सिंह, सोभा सिंह, मन्जु सिंह, अन्जु सिंह र राम अवतार महतो पनि घाइते छन् ।

शुक्रवार, फागुन २५, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर