२०८२ असार ३, मङ्गलवार , ११:४७:०२ बजे

Sajhamanch
'

नेप्सेमा दोहोरो अंकको सुधार

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको छ । नेप्से १३.५१ अंकले बढेर २०३०.५५ को विन्दुमा पुगेको छ ।

यस दिन ३०९ धितोपत्रका ८९ लाख २९ हजार १५२ कित्ता सेयर तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार ८२० रुपैयाँमा किनबेच भयो ।

१३ उपसमूहमध्ये १० वटाको समूहगत सूचक बढेको छ । तीनवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । एनआईसी एसिया ग्रोथ फन्ड–२ को सेयर मूल्य सर्वाधिक ६.२१ प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर