कनकाई । झापाको सुरुङ्गामा शनिबारदेखि सुरु भएको जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई नगरपालिकाले विजयी सुरुवात गरेको छ ।
गौरीगञ्ज गाउँपालिका र आयोजक कनकाई नगरपालिका बीच भएको उद्घाटन खेलको दोस्रो हाफको ३७औं मिनेटमा कनकाईको गोल पोष्टमा गौरीगञ्जले आत्माघाती गोल गरेपछि आयोजक कनकाई नगरपालिकाले अग्रता लिएको हो ।
तत्काल गौरीगञ्ज तर्फका खेलाडीले एक गोल गरेपछि निर्धारित समय सम्म खेल बराबरीमा भए पछि ट्राइबेकरमा कनकाई नगरपालिकाले जीत निकालेको हो ।
कनकाईका गोल रक्षक खेलको म्यान अफ दि म्याच घोषित भए । आयोजक संस्थाका खेल संयोजक रमेशचन्द्र मैनालीले दिएको जानकारी अनुसार प्रतियोगिताको दोस्रो दिन आइतबार झापा गाउँपालिका र कमल गाउँपालिका बीच प्रतिष्पर्धा हनेछ ।
प्रतिष्ठानका अध्यक्ष छवी थपलियाको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको प्रतियोगिता उद्घाटन समारोहमा नेपालको राष्ट्रिय खेलाडी बन्न सफल कनकाई ३ का युवा रोहन कार्कीलाई विशेष सम्मान गरिएको थियो ।