२०८१ मंसिर १२, बुधवार , ११:१९:४५ बजे

Sajhamanch
'

माओवादी केन्द्र मेचीनगरको अन्तरक्रियामा जनजिविका माथि छलफल

बुधवार, पौष ४, २०८०

मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टीको आन्तरिक विषयमाथि बृहत्त अन्तरक्रिया कार्यक्रम मंगलबार काँकरभिट्टामा सम्पन्न गरेको छ ।

प्रदेश, क्षेत्र, नगर र वडाबाट पार्टीका इन्चार्ज, अध्यक्ष, सचिव तथा पदाधिकारीहरु सम्मिलित अन्तरक्रियामा नगर र वडामा देखिएको समस्या, जनगुनासो र समाधानको विषयमा छ्लफल भएको थियो ।

कार्यक्रममा मेचीनगरका १५ वटै वडाका इन्चार्ज, अध्यक्षले सर्वसाधारण गरीब–बिपन्न जनताका जटिल समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए ।

जनताका समस्यालाई पार्टीले स्थानीय तह र सरोकारवलासँग समन्वय गरेर समाधानको पहल गर्नुपर्ने सुझाव दिए । छलफलमा पार्टी सुदृढीकरण अभियान अन्तरगत वडा र टोलटोलमा देखिएका समस्यालाई छिट्टै पार्टीले समाधान खोज्नुपर्ने औंल्याइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश समिति सदस्य प्रकाश भण्डारी पार्टीभित्र कुनै समस्या नहरेको जनाउँदै परिणाममुखी काम गर्न मातहतका कमिटीलाई निर्देशन दिएका थिए ।

पार्टी र जनताबीचको सम्बन्ध जीवन्त राख्न पार्टी केन्द्रीय नीति तथा कार्यक्रमलाई आत्मसाथ गर्दै स्थानीय तहमा मौलिकता भूगोल र भाषिक–सांस्कृतिक विषयलाई जोडेर मेचीनगरले नविनतम कार्यक्रम ल्याउने अध्यक्ष चिमरियाले प्रतिवद्धता व्यक्त गरेका थिए ।

यसैबीच विदेशबाट फर्किएका युवाहरूको संस्था रिटेर्नी नेपालले मेचीनगरमा संस्थालाई सकृय बनाउन समिति गठन गर्ने भएको छ । जसका लागि पुस महिना भित्र बृहत वनभोज कार्यक्रम बीच समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

सर्वसाधारण जनताको गुनासो स्वयमबाट सुन्न र समाधानको उपाय खोज्नका लागि नगरभित्र बृहत्त वनभोजसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले जानकारी दिए ।

बृहत वनभोज तथा अन्तरक्रियामा ५०० सर्वसाधारण आगन्तुक रकार्यकर्तालाई सहभागी गराइने जनाइएको छ । बृहत वनभोजका लागि नगर अध्यक्ष चिमरियाको संयोजकत्वमा वडा इन्चार्ज, अध्यक्ष सम्मिलित ४१ सदस्य ब्यवस्थापन समितिसमेत गठन गरिएको छ ।

राजन चिमरियाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियाको संचालन ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।

सम्बन्धित खबर