२०८१ असोज ४, शुक्रवार , ०५:११:४८ बजे

Sajhamanch
'

विपीनको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले जनाए प्रतिबद्धता

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । हमासद्वारा गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँगको भेटमा इजरायली उच्च अधिकारीहरूले विपीनको खोजीका लागि प्रतिबद्धता जनाएका हुन् ।

इजरायलको प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र इजरायली डिफेन्स फोर्सका कोअर्डिनेटरसँगको भेटमा रिजालले विपीनको खोजीका लागि नेपालले इजरायल सरकारबाट निर्णायक भूमिकाको अपेक्षा गरेको बताएकी थिइन् ।

जवाफमा उनीहरूले विपीनको रिहाइमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सम्बन्धित खबर