२०८१ मंसिर १०, सोमवार , ०४:१२:५५ बजे

Sajhamanch
'

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

शुक्रवार, मंसिर २२, २०८०
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश
प्रथमपटक प्रकाशित मितिः २०८०।८।१८
संस्थाद्वारा सञ्चालित एनएमसी एग्रो फार्मका लागि तपसिल बमोजिमका कर्मचारी आवश्यकता भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट खुला प्रतिष्पर्धाका लागि मेनुअल तथा अनलाइन आवेदन आह्वान गरिन्छ ।
विज्ञापन नं. १८ (२०८०/०८१)
पद   :  कार्यालय सहायक पाँचौँ (प्राविधिक)
जिम्मेवारी : पशु सहायक प्राविधिक
संख्या : १ (एक) जना
सेवाको प्रकृति : करार
आधारभूत पारिश्रमिक : रु. १९,१४०।– (उन्नाइस हजार एक सय चालिस रुपैयाँ मात्र)
प्राविधिक भत्ता : मासिक रुपमा प्राविधिक भत्ता रु. ५,०००।– (पाँच हजार रुपैयाँ)
अन्य सेवा सुविधा : सञ्चयकोष, उपदान, चाडपर्व खर्च, बोनस, विदा, अतिरिक्त समय भत्ता  (ओटी) आदि
न्यूनतम शैक्षिक योग्यता : पशु विज्ञान विषय (Agriculture) लिई CTEVT बाट TSLC उत्तीर्ण गरेको वा पशु विज्ञान विषय (Agriculture) लिई 10+2  उत्तीर्ण गरेको
प्राथमिकता : अनुभवी र पशु प्रजनन तथा कृतिम गर्भधान AI तालिम लिएको,  पशुपालन सम्बन्धी व्यवहारिक ज्ञान भएको, फार्मको आवासमा बस्न अनुकूल भएको
उमेर : १८ वर्ष पूरा भई ४५वर्ष ननाघेको
गर्नुपर्ने कामहरु : पशुपालन सम्बन्धी सम्पूर्ण कार्य गर्ने, गराउने
काम गर्नुपर्ने समय : बिहान७ देखि दिउँसो ५ बजेसम्म (आवासीय)  (दिउँसो खाजा/खानाको ब्रेक सुविधा)
आवेदन दर्ता गर्ने अन्तिम मिति :   २०८० पुस २ गते सोमबारसम्म
(क) परीक्षा कार्यक्रम :
लिखित परीक्षा मिति : २०८० पुस ६ गते शुक्रबार
समय : दिनको १ बजेदेखि २ बजेसम्म
स्थान : एनएमसी एग्रो फार्म, मेचीनगर–१४, दुहागढी
(ख) परीक्षाको आधार र अंकभारः
             लिखित                     प्रयोगात्मक                         मौखिक                       अन्य                     जम्मा
               ३०                              ४०                                     २०                            १०                         १००
(ग) लिखित परीक्षाको पाठ्यक्रम र अंकभारः
     क्र.स.                                                         विषय                                                अंकभार
      १ .                  सहकारी तथा सामान्य ज्ञानमाला भाग– ३                                            ५
      २ .                 तोकिएको सम्बन्धित तहको पाठ्यक्रमबाट                                           २५
  • बस्तुगत प्रश्नहरु विकल्परहित हुनेछन् ।
  • बस्तुगत प्रति प्रश्नको अंकभार १ हुनेछ ।
  • लिखित परीक्षा १ घण्टाको हुनेछ ।
(घ) अन्य बुँदाहरु :
१. आवेदकहरुले संस्थाले तोकेको मेनुअल दरखास्त फारम वा अनलाइन एप्लिकेसनबाट समेत दरखास्त पेस गर्न सकिनेछ ।
२. अनलाइन आवेदनका लागि संस्थाको आधिकारिक वेबसाइट https://nmc.coop.np मा गई Career Section भित्र Apply Online मा Click गरी अनलाइन प्रणालीमार्फत दरखास्त दिन सकिनेछ ।
३. आवेदकले अनलाइन फारम भर्नुअघि सोसम्बन्धी जानकारी https:\\vacancy.nmc.coop.np मा भएको Notice मार्फत प्राप्त गर्न सक्नेछन् ।
४. अनलाइन आवेदनका लागि आवेदकले सफ्टवेयरमा New Registration गर्दा Create your Account मा राखिने email Address / Mobile Number सम्बन्धित आवेदकको नाममा भएको हुनु पर्नेछ ।
५. उम्मेद्वारले शैक्षिक योग्यताको प्रमाण पत्र (लब्धाङ्क पत्र, चारित्रिक प्रमाण पत्र), तालिम, अनुभव, नागरिकता (तोकिएका कागजपत्र अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा तोकिएको फम्र्याटमा अपलोड गर्नु पर्नेछ ।
६. न्यूनतम योग्यता नपुगेका वा तोकिएको आवश्यक विवरण नखुलेका वा तोकिएको आवेदन दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन ।
७. मेनुअल दरखास्त फारम संस्थाको वेबसाइट www.nmc.coop.np वा संस्थाको बचत तथा ऋण व्यवसाय अन्तर्गतका सेवा केन्द्रहरु र एनएमसी एग्रो फार्मबाट प्राप्त गर्न सकिनेछ ।
८. मेनुअल दरखास्त फारम मेचीनगर १४, दुहागढीस्थित एनएमसी एग्रो फार्मको कार्यालयमा मात्र दर्ता गरिनेछ ।
९. मेनुअल आवेदन भर्दा नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता, तालिम, अनुभव र अन्य प्रमाणपत्रका प्रतिलिपिहरु, आवेदन दस्तुर जम्मा गरेको भौचरसहित नेपाली रेकर्ड फाइलमा राखी पेस गर्नु पर्नेछ ।
१०. विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए समकक्षताको प्रमाण अनिवार्य पेस गर्नु पर्नेछ ।
११. निवेदनका साथ हालसालै खिचेको ३ प्रति पासपोर्ट साइजको फोटो उपलब्ध गराउनु पर्नेछ ।
१२. आवेदन शुल्क रु.३००।– (तीन सय) तोकिएको छ । उम्मेद्वारले तिरिसकेको आवेदन दस्तुर फिर्ता हुने छैन ।
१३. आवेदकको उमेरको हकमा आवेदन भर्ने अन्तिम मितिलाई आधार मानिने छ ।
१४. आवेदन शुल्क संस्थाको प्रधान कार्यालयको बचत हि.नं. 99-58-00000063, NMCSEWA AAYOG खातामा जम्मा वा एनएमसी एग्रो फार्ममा नगदै जम्मा गरेको भौचर आवेदन फाइलमा अनिवार्य राख्नु पर्नेछ ।
१५. परीक्षा प्रणाली लिखित, प्रयोगात्मक र मौखिक अन्तर्वार्ता हुनेछ ।
१६. लिखित, प्रयोगात्मक र मौखिक परीक्षामा प्रवेश पत्र अनिवार्य गरिएको छ ।
१७. अन्तिम छनोटमा परेका उम्मेद्वारहरुले संस्थाले तोकेअनुसारको धितो धरौटीको व्यवस्था गर्नुपर्नेछ ।
१८. उत्तीर्ण परीक्षार्थीले नियुक्ति लिनुपूर्व स्वास्थ्य परीक्षण तथा प्रहरी रिर्पोट, स्थायी लेखा नम्बर अनिवार्य पेस गर्नुपर्नेछ ।
१९. सेवा अवधिको पहिलो ६ महिनालाई परीक्षणकाल मानिनेछ । परीक्षणकाल अवधिको कार्यसम्पादन मूल्याङ्कनका आधार रोजगार सम्झौता निरनतरता सम्बन्धी निर्णय गरिनेछ ।
२०. संस्थामा नियुक्त हुने कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा (SSF) आवद्ध गराई कोषबाट प्राप्त हुने सम्पूर्ण सुविधा उपलब्ध गराइनेछ ।
२१. लिखित परीक्षाका लागि पाठ्यक्रम, परीक्षा मिति, परीक्षा केन्द्र, प्रयोगात्मक परीक्षा र मौखिक अन्तर्वार्ताको सूचना संस्थाको वेबसाइट www.nmc.coop.np र फेसबुक पेज www.facebook.com/nmccoopjhapa मा समेत प्रकाशन गरिनेछ ।
२२. थप जानकारीका लागि इमेल ठेगाना [email protected] मा इमेल गर्न सकिनेछ ।
पुनश्चः अनावश्यक सिफारिसले आवेदकको योग्यता माथि प्रश्न चिह्न खडाहुने हो कि !
थप जानकारीका लागिः ९८५२६८९४००/९८५२६८९४१६
– एनएमसी सेवा आयोग

सम्बन्धित खबर