२०८१ असोज ४, शुक्रवार , ०४:३५:५४ बजे

Sajhamanch
'

खेल अगाडि बाख्राको रगत किन पिउँथे यी खेलाडीले ?

बुधवार, मंसिर ६, २०८०

मानिसहरुले अन्धविश्वासका कारण जस्तोसुकै काम गर्न पनि पछि हट्दैनन् । एकजना फुटबल खेलाडीका बारेमा पनि यस्तै खबर छ । ती खेलाडीले आफ्नो फुटबल प्रतियोगिता अगाडि गुड लकका लागि भन्दै बाख्राको रगत पिएका थिए ।उनको नाम डिन स्यान्डर्स हो र उनी टर्कीका राष्ट्रिय फुटबल खेलाडी थिए ।डेली स्टारका अनुसार खेलाडीहरुका आफ्नाआफ्ना मान्यता तथा विश्वासहरु हुन्छन् ।

कतिपय खेलाडीहरुले एउटा तालिका अनुसार काम गर्दछन्, जस्तै सबैभन्दा पहिले दायाँ खुट्टामा मोजा लगाउने, दायाँ खुट्टामा प्यान्ट लगाउने वा दायाँ खुट्टामा जुत्ता लगाउने अनिमात्र बायाँमा लगाउने ।यद्यपि जब अन्धविश्वासको कुरा आउँछ तब निकै कममात्रै मानिसले यसो गर्न सक्छन् जो लिभरपुलका पूर्वफरवार्ड डिन स्यान्डर्सले गर्दथे । त्यसबेला उनी टर्कीको ग्यालाटसरायका लागि खेल्दथे ।उनका अनुसार एक फुटबल प्रतियोगिताका बेला खेलभन्दा अगाडि बाख्राको गर्धन काटियो र त्यसको रगतलाई उनका साथीहरु भएको ठाउँमा पुर्‍याइयो ।

सन् १९९५र९६ को सिजनमा टर्किस जाएन्ट्सका लागि खेलेका फुटबलर स्यान्डर्स भन्छन्, ‘एक खेलभन्दा पहिले उनीहरुले बाख्रालाई ल्याए र हाम्रो अगाडि उसको गला काटिदिए । यो अलिक स्तब्ध बनाउने खालको छ ।’

एनले भनेका छन्- हामीले पिएको नाटक गर्यौं तर कप तातो थियो । यो एउटा धामिक विषय हो । डराउनुपर्ने कुरा चाहिं यो छ कि उक्त दिन त्यो पहिलो बाख्रो थिएन जसको गला काटिएको थियो । खेलका क्रममा एएटा यस्तो सहरमा गइयो जसभन्दा घटिया सरकार त सायद देख्नुभएकै छैन । यत्रतत्र धूलो थियो । मानिसहरुले जुत्ता लगाएका थिएनन् ।

सम्बन्धित खबर