२०८१ मंसिर १७, सोमवार , ०३:२४:५२ बजे

Sajhamanch
'

उत्तर इराकमा टर्किएको सुरक्षा कारबाही, १३ विद्रोही लडाकु मारिए

शनिवार, मंसिर २, २०८०

टर्किए सुरक्षा बलले उत्तरी इराकमा गरेको सीमापार कारबाहीमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का १३ लडाकु मारिएका छन्।टर्किएको रक्षा मन्त्रालयका अनुसार पीकेके सदस्य ‘अपरेशन क्लाउ–लक’ जोन र हकुर्क क्षेत्रमा मारिएका हुन्।

टर्किए सेनाले बारम्बार उत्तरी इराकमा विशेष गरी समूहको मुख्य आधार कँडिल पर्वतमा पीकेके लक्ष्यविरुद्ध स्थलगत कारबाही, हवाइ आक्रमण र तोपखाना बमबारी गर्ने गरेको छ।टर्किएले अप्रिल २०२२ मा सीमा नजिकैको उत्तरी इराकी क्षेत्रमा पीकेके सदस्यहरू विरुद्ध लड्न अपरेशन क्लाउ–लक शुरु गरेको थियो। टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्किए सरकारविरुद्ध विद्रोह गर्दै आएको छ। एजेन्सी

सम्बन्धित खबर