२०८२ जेठ ६, सोमवार , ०५:३६:०१ बजे

Sajhamanch
'

सिन्धुली कारागारमा एकजना थुनुवाको रहस्यमय मृत्यु

बिहिवार, कार्तिक ३०, २०८०

दूधौली (सिन्धुली । सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि सिन्धुली कारागारमा रहेका एकजना थुनुवाको मृत्यु भएको छ ।

दूधौली नगरपालिका वडा नं. १० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिएका हुन् ।

भाइटिकाको दिन बुधबार साँझ कारागारमै तिहार मनाएर देउसी खेलिसके पछि खाना खाएर सुतेका विमल आज बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालको भनाई छ ।

बेहोस अवस्थामा भेटिएका थुनुवा दाहललाई उपचारार्थ सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालले जानकारी दिए ।

दाहालको मृत्यु रहस्यमय छ । विमलको मृत्युको कारण खुलेको छैन ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै रिखएको छ । पोष्टमार्टमपछि थप अनुसन्धान हुने डीएसपी दाहालले बताएका छन् ।

सम्बन्धित खबर