
काठमाडौं । धादिङमा भूकम्पका थप दुई धक्का महसुस गरिएको छ । आज बिहान धादिङकै खरी आसपास केन्द्रविन्दु भएको ६।१ म्याग्निच्युडको परकम्पपछि दुई धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
धादिङमा ६.१ म्याग्निच्युडको भूकम्प
केन्द्रका अनुसार आइतबार बिहान ८ बजेर २८ मिनेटमा सल्यानटार आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको छ ।
यस्तै, बिहान ८ बजेर ५९ मिनेटमा खरी आसपास नै केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यी तीनै धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पका परकम्प हुन् ।