२०८१ मंसिर २६, बुधवार , १२:३८:४३ बजे

Sajhamanch
'

विश्वकप क्रिकेट :आज दुई खेल हुँदै

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछन्।पहिलो खेल बिहान नेपाली समय अनुसार पौने ११ बजे धर्मशालास्थित क्रिकेट स्टेडियममा बंगलादेश र इङल्याण्डबीच हुदैछ। बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेर विजयी शुरुवात गर्दै दोस्रो खेल खेल्दै छ भने डिफेन्डिङ च्याम्पियन इङल्याण्डले भने आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो।

दुवै देश अहिलेसम्म २४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आमने सामने भएका छन्, जसमा इङल्याण्ड १९ पटक विजयी भएको छ भने बंगलादेशले ५ खेलमा जित हासिल गरेको छ।​ त्यसैगरी दोस्रो खेल नेपाली समय अनुसार अपराहन्ह सवा २ बजेदेखि हैदरावादस्थित राजीव गान्धी इन्टरनेसनल स्टेडियममा पाकिस्तान र श्रीलंकाबीच हुदैछ। पाकिस्तानले आफ्नो पहिलो खेलमा नेदरल्याण्डसलाई पराजित गरेर सुखद शुरुवात गरेको छ भने श्रीलंकाले दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो।

क्रिकेटका एशियाली पावर हाउस मानिने पाकिस्तान र श्रीलंकाबीच अहिलेसम्म १५६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा पाकिस्तानले ९२ खेल जितेको छ भने श्रीलंकाले ५९ खेलमा जित हासिल गरेको छ।

सम्बन्धित खबर