२०८१ माघ २५, शुक्रवार , १०:३७:५६ बजे

Sajhamanch
'

डेंगी संक्रमितको संख्या ३५ हजार नाघ्यो

आइतवार, असोज २१, २०८०

काठमाडौं । नेपालमा यसवर्ष डेंगी संक्रमितको संख्या ३५ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७ अक्टोबरसम्म ३५ हजार ९४ जना संक्रमित भएका छन् ।

डेंगीबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

ईडीसीडीका अनुसार १० जिल्लामा संक्रमितको संख्या ४०० भन्दा माथि रहेको छ । सबैभन्दा धेरै सुनसरीमा १६ हजार ८० जना संक्रमित भएका छन् । झापा, धादिङ, तनहुँ र मोरङमा संक्रमितको संख्या दुई हजारभन्दा माथि छ ।

त्यस्तै, कास्की, संखुवासभा, काठमाडौं, कैलाली र धनकुटामा ४०० बढी संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार २५८ जना संक्रमित भएका ईडीसीडीले जनाएको छ ।

सम्बन्धित खबर