२०८१ मंसिर १५, शनिवार , ०२:४५:५५ बजे

Sajhamanch
'

पाँचवटा प्रदेशमा हल्का वर्षाको सम्भावना

आइतवार, असोज २१, २०८०

काठमाडौं । नेपालमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।हाल कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । कोसी, मधेस र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर

आजको मौसम
शनिवार, मंसिर १५, २०८१
आजको मौसम
बिहिवार, मंसिर १३, २०८१
आजको मौसम
बुधवार, मंसिर १२, २०८१