२०८१ फागुन १३, मङ्गलवार , ०२:३४:५३ बजे

Sajhamanch
'

इराक आगलागीमा मृत्यु हुनेको स‌ख्या ११४ पुग्यो, २ सय बढी घाइते

बिहिवार, असोज ११, २०८०

इराक । इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी ११४ जनाको मृत्यु भएको छ ।

साथै २ सय बढी मानिस घाइते भएका छन् । प्रान्तीय राजधानी मोसुलबाट ३५ किलोमिटर दक्षिणपूर्णमा रहेको अल हम्दानिया शहरमा रहेको अल हैथम वेडिङ हलमा मंगलवार राति आगो लागेको थियो ।

आगोको कारण अझै पत्ता नलागेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल बद्रले स्थिति नियन्त्रणमा रहेको र मन्त्रालयले घटनाको अनुसन्धान थालेको बताएका छन् ।

सम्बन्धित खबर