२०८१ मंसिर १४, शुक्रवार , ०४:४४:१७ बजे

Sajhamanch
'

नेकपा एमाले झापा सचिवालय बैठकका ताजा निर्णयहरु यस्ता छन्

बुधवार, भदौ ६, २०८०

झापा । नेकपा एमाले झापाको सचिवालय बैठकले झापा जिल्लाको पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ । जिल्ला पार्टी कार्यालय बिर्तामोडमा मंगलबार बसेको बैठकले कार्ययोजना पारित गरेको हो ।

बैठकमा स्थानीय तहका निर्वाचित पदाधिकारी र सदस्यहरुका लागि आचारसंहिता जारी गरिएको छ । सोही बैठकमा पार्टीको वार्षिक लेखापरीक्षण समेत प्रतिवेदन प्रस्तुत थियो ।

पार्टीको केन्द्रीय सचिवालयद्वारा जारी अपानी ८ को प्रस्तुति, पार्टी कार्यालयको लागि प्राप्त जग्गा र त्यहाँ निर्माण गरिने पार्टी कार्यालयका बारे छलफल गरेको बैठकले जिल्लाभर अलमलिएका बामपन्थी नेता कार्यकर्ताहरुलाई घर फर्क अभियान सञ्चालन गगर्ने निर्णय गरेको जनाइएको छ ।लामो समय एमालेमा राजनीतिक जीवन विताएका तर, विभिन्न घटनाक्रमले अलग्गिएका नेताहरुलाई घर फर्काउने अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको हो ।

पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीको अध्यक्षता एवम् पार्टीका पोलिटव्युरो सदस्य एवम् झापा इञ्चार्ज विशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका सचिवालय सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी र सचिवालय सदस्यहरुको सहभागिता रहेको थियो ।

यसैबीच, स्थानीय तहको निर्वाचनमा पार्टी विरुद्ध उम्मेदवारी दिएका डिल्ली घिमिरेलाई नेकपा एमालेले जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । उनले २०७९ को स्थानीय तहको निर्वाचनमा मेचीनगरमा बागी उम्मेदवारी दिएको थिए ।

उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरेलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । पछि उनले आफूबाट गल्ती भएको स्वीकार गर्दै पार्टीसँग क्षमायाचना गरेपछि कारबाही फुकुवा गरेर जिल्लामा मनोनित गरिएकोे हो । कारबाही हुनुभन्दा पहिले घिमिरे जिल्लाको सचिवालय सदस्य र १ नं. क्षेत्रीय संयोजक थिए ।

यस्तै, पार्टीको सचिवालय बैठकले गौरादह वडा नं. ७ मा बागी उम्मेदवारी दिएका बलबहादुर तामाङको पनि कारबाही फुकुवा गरेको छ । कारबाही फुकुवा गरेर उनलाई पनि जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको हो ।

बैठकले गत निर्वाचनमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका नेताहरुलाई जिल्ला सदस्यमा मनोनित गरिएको र उनीहरुलाई आमन्त्रण गरी सपथ गराइएको सचिव शिव ढुङगेलले जानकारी दिएका छन् ।

सचिव ढुङ्गेलका अनुसार कांग्रेस, माओवादी र जसपाबाट एमाले प्रवेश गर्ने ७ जनालाई जिल्ला सदस्यमा मनोनित गरिएको र सपथ गराइएको हो । मोहन कार्की, बलभद्र कोइराला, मिना कोइराला, पवन विष्ट, तुलसी निरौला, पुष्प गुरागाई र टेकेन्द्र चापागाईलाई जिल्ला कमिटी सदस्य मनोनित गरिएकोले पार्टीका पोलिटव्युरो सदस्य एवम् झापा जिल्ला इञ्चार्ज विशाल भट्टराईले सपथ गराएका थिए ।

सम्बन्धित खबर