झापा । झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः प्रविण थापा सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार काँकडभिट्टामा सम्पन्न संघको आठौं साधारणसभाले थापालाई दोस्रोपटक अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा बीरु श्रेष्ठ, सचिवमा लाक्पा लामा र कोषाध्यक्षमा चोलानाथ दाहाल चयन भएका हुन् । उपाध्यक्ष श्रेष्ठ क्रिकेटका प्रशिक्षक पनि हुन् भने सचिव लामा पूर्व राष्ट्रिय खेलाडी हुन् ।
सदस्यहरुमा पूर्वराष्ट्रिय खेलाडी मनोज कटुवाल, हिमाल विके, सुरेश गुरागाई, तुलसी कार्की, अमित श्रेष्ठ, नारद नेपाल र विनित बास्तोला चयन भए । त्यस्तै, हितेन श्रेष्ठ, कञ्चन उप्रेती, जीवेश ओली र योगेन्द्र खड्का पनि सदस्यमा चयन भएका छन् ।
सो अवसरमा झापाका राष्ट्रिय तथा अर्न्तराष्ट्रिय क्रिकेटरहरुसहित प्रशिक्षकलाई सम्मानित गरिएको थियो । युथ १६ का प्रशिक्षक लाम्पा लामा र प्रशिक्षक बीरु श्रेष्ठसहित महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री, सवनम राई, काजोल श्रेष्ठ, अपसरी वेगम, संगीता राई, रुमा थापा, लकिता राजवंशी, निङ्मा तामाङ, दिपु भुजेल र ज्योति दनुवारलाई कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङले सम्मान गरे ।