२०८१ माघ ११, शुक्रवार , १०:००:१७ बजे

Sajhamanch
'

भारतमा लोकसभाले गर्‍यो राहुल गान्धीलाई सांसदमा बहाल

सोमवार, साउन २२, २०८०

काठमाडौं । भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा बहाल गरेको छ ।गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरतको अदालतको फैसला बदर गरेपछि उनलाई सांसद बहाल रहन बाटो खुलेको थियो ।सुरत अदालतको आदेशले गान्धीलाई सांसदबाट हटाएको भारतको लोक सभाले सोमबार बिहान उनको सांसद पद कायम रहेको सूचना निकालेको हो ।

उनी केरलको वायनाड क्षेत्रबाट लोकसभा सदस्य छन् । उनले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर विजेपीका सांसदले सुरतको अदालतमा मुद्दा दर्ता गरेका थिए । जसमा अदालतले उनलाई दोषी ठहर गरेको थियो । त्यो फैसलामाथि गान्धीले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

लोकसभाले पद बहाल रहेको सूचना निकाले लगत्तै कांग्रेस आईका कार्यकर्ताले खुसीयाली मनाएका छन् । गान्धी लोकसभा बैठकमा पुग्दा विपक्षी सांसदहरुले उनको स्वागत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सम्बन्धित खबर