२०८१ मंसिर ११, मङ्गलवार , ०४:०८:४७ बजे

Sajhamanch
'

भारतमा बाढी र पहिरो प्रभावित क्षेत्रका शैक्षिक संस्था बन्द

शुक्रवार, साउन ५, २०८०

भारतमा लगातारको वर्षापछि प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द गरिएको छ । भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू केही दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिणी राज्य तेलङ्गाना, उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशका केही भाग र दक्षिणपश्चिम राज्य महाराष्ट्रका धेरै जिल्लामा ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ । महाराष्ट्रको राइगढमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ ।

पहिरोमा परेका १२ जनाको शव निकालिएको र उद्धारमा खटिएका एक जनाको हृदयघातका कारण ज्यान गएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ । राइगढ खालापुर तहसीलको इरशालवाडी गाउँमा गएको पहिरोमा परेका २२ जनाको हिजो नै उद्धार गरिएको थियो । ऐजेन्सी

सम्बन्धित खबर