२०८१ मंसिर १४, शुक्रवार , ०९:३४:४७ बजे

Sajhamanch
'

भारतमा अर्को वर्ष हुने आमचुनावमा मोदीविरुद्ध रणनीति बनाउन २६ दल एकै ठाउँमा

बुधवार, साउन ३, २०८०

भारतमा अर्को वर्ष हुने आमचुनावमा नरेन्द्र मोदीविरुद्ध रणनीति बनाउन २६ वटा विपक्षी दल एकै ठाउँमा जुटेका छन् । दक्षिणी राज्य कर्नाटकको बैङ्गलुरुमा बसेको संयुक्त बैठकमा कुन दलले कति सिटमा प्रतिस्पर्धा गर्ने र साझा न्यूनतम कार्यक्रमका विषयमा छलफल गरेको छ ।

हिजोको बैठकमा कांग्रेस आईकी सोनिया गान्धी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायका शीर्षस्थ विपक्षी नेता सहभागी थिए । उनीहरूले गठबन्धनको नाम ‘इन्डियन नेश्नल डेभलपमेन्ट इन्क्लुसिभ अलाइन्स’ अर्थात् (इन्डिया) तय गरेका छन् ।गठबन्धनले आफ्नो नेता चयन गर्न ११ सदस्यीय एउटा समन्वय समिति बनाउने कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले बताएको बीबीसीले जनाएको छ ।

चुनावअघि यो विपक्षी दलको दोस्रो ठूलो बैठक हो । उनीहरूले सिट बाँडफाँटलगायतका विषयमा छलफललाई केन्द्रित गरेका छन् ।प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले सन् २०१९ मा पाँच सय ४३ सदस्यीय तल्लो सदन लोकसभामा तीन सयभन्दा धेरै सिट जितेको थियो । ऐजेन्सी

सम्बन्धित खबर