२०८१ मंसिर १४, शुक्रवार , १२:२६:३६ बजे

Sajhamanch
'

आसाम डाउनटाउनमा मेरिटका आधारमा १० करोड भारुको छात्रवृत्ति

शुक्रवार, असार २९, २०८०

बिर्तामोड । लाखौं रकम खर्चेर तेस्रो देशमा अध्ययन गर्न जाने नेपालीहरुलाई लक्षित गर्दै पूर्वोत्तर भारतको आसाम डाउन टाउन युनिभर्सिटीले यो वर्ष १० करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ ।

गतवर्ष ५ करोड भारुको छात्रवृत्तिअन्तरगत अहिले विभिन्न संकायमा ७० जना नेपाली विद्यार्थी सो विश्वविद्यालयमा अध्ययनरत रहेको र यो वर्ष २०० जनालाई लक्षित गरी उक्त योजना सार्वजनिक गरिएको हो । विश्वविद्यालयका नेपाल प्रतिनिधि तथा झापाको काँकरभिट्टामा रहेको लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीका सञ्चालक शंकर भट्टराईले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएका हुन् ।

प्राविधिक विषयमा गुणस्तरीय र सुरक्षित मानिएको आसाम डाउन टाउनले नेपाली विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिएको उनको भनाई छ । हरेक वर्ष छात्रवृत्ति दिदैं आएको युनिभर्सिटीले ७ वटा देशका विद्यार्थीलाई पढाउने काम गरिरहेको भट्टराईले बताए ।

होटल म्यानेजमेन्ट, व्यवस्थापन, पारामेडिकल लगायत प्राविधिक अध्यापन भइरहेको डाउन टाउनमा नेपाली विद्यार्थीको आकर्षण पनि बढ्दो छ । भारतको आसामस्थित गुहाटीमा रहेको युनिभर्सिटीले नेपालका नेतृत्वदायी शैक्षिक संस्थानसँग समन्वय गरेर काम गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा विश्वविद्यालयका नेपाल प्रतिनिधिले के भने ? हेर्नुहोस् यो भिडियो ……

https://fb.watch/lN4_3Vn_7F/

 

सम्बन्धित खबर