२०८१ असोज ४, शुक्रवार , ०३:१२:५४ बजे

Sajhamanch
'

कर्णाली साकोस र आरएमडिसीद्वारा झापाका दुईवटा विद्यालय र विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण

सोमवार, जेठ २९, २०८०

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आइतबार जिल्लाको महाभारा र ढ्याङ्ग्रीका दुईवटा विद्यालय एवम् विद्यार्थीहरुलाई पंखा, छात्तवृत्ति रकम तथा स्कूल ब्याग प्रदान गरेको छ ।

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको साझेदारीमा कर्णाली साकोसले गौरीगञ्ज र कमल गाउँपालिकाका दुईवटा विद्यालयमा उक्त सहयोग गरेको हो । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले कोशी प्रदेशका मोरङ र इलामलाई पनि कार्यक्षेत्र बनाएको छ ।

संस्थाले गौरीगञ्ज गाउँपालिका वडा नं. १ महाभारामा रहेको जनकल्याण आधारभूत विद्यालयलाई १५ थान सिलिङ पंखा र संस्थाका सदस्यका छोरा छोरीहरुमध्ये चार जना विद्यार्थीहरुलाई जनही नगद ८ हजार ५०० रुपैयाँ छात्रवृत्ति प्रदान गरेको हो ।

विद्यायल व्यवस्थापन समितिका अध्यक्ष गोपालचन्द्र सिंह राजवंशीको अध्यक्षतमा आयोजित कार्यक्रममा साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठले १५ थान सिलिङ पंखा विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा संस्थाको नीति अनुसार सदस्यका छोराछारीलाई छात्रवृति वितरण गरिएको छ । संस्थाका शेयर सदस्यहरु रुपा मैनालीकी छोरी कन्चन मैनाली, भोला मैनालीका छोरी स्वयूका मैनाली र छोरा सुजल मैनाली र रिताकुमारी नुनियाको छोरा सुसान्त महतोलाई साकोसका अध्यक्ष श्रेष्ठले जनही नगद ८ हजार ५०० रुपैयाँ छात्रवृत्ति प्रदान गरेका थिए ।

गौरीगञ्ज गाउँपालिका वडा नं. १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिमबहादुर कार्कीले शाब्दिक स्वागत गरेका थिए ।

सोही विद्यालयका शिक्षक सोमनाथ काफ्लेले सञ्चालन गरेको उक्त कार्यक्रममा कर्णाली साकोसका बारेमा अध्यक्ष श्रेष्ठले प्रकाश पारेका थिए । सो अवसरमा अतिथिहरुले साकोस र आरएमडिसीको सामाजिक कार्यको सराहना गर्दै ग्रामीण भूगोलमा रहेका शैक्षिक संस्थाहरुलाई मनकारीहरुको सहयोगको खाँचो रहेको औंल्याएका थिए ।

कार्यक्रममा संस्थाका संचालक समिति सदस्य निर्मला पाठक लुइँटेलले हस्तान्तरण भइरहेको सहयोग सम्बन्धी आफ्ना भनाई राखेकी थिइन् ।

यसैगरी आइतबार नै कमल गाउँपालिका वडा नं. १, ढ्याङ्ग्राीमा रहेको नवदुर्गे आधारभूत विद्यालयमा पनि ८० जना विद्यार्थीलाई स्कूल ब्याग र तीनजना विद्यार्थीलाई नगद ८ हजार ५०० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रममा उपस्थित अतिथिहरु र संस्थाका तर्फबाट उक्त स्कूल ब्याग र नगद हस्तान्तरण गरिएको हो ।

साकोसको नीतिअनुसार शेयर सदस्य सबिता दाहालका छोरा सागर दाहाल, बिरेन्द्रकुमार कार्कीका छोरा बिपुलजंग कार्की र श्यामप्रसाद खनालकी छोरी स्मृति खनाललाई जनही नगद ८ हजार ५०० रुपैयाँ छात्रवृति वितरण गरिएको हो ।

कमल गाउँपालिका वडा नं. १ का वडाध्यक्ष केदार कटुवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आरएमडिसीका प्रमुख कार्यकारी अधिकृत पृथबहादुर थापाले संस्थाको सामाजिक उत्तरदायित्वका विषयमा प्रकाश पारेका थिए ।

सो कार्यक्रममा कर्णाली साकोसका सचिव भूपाल बस्नेतले संस्थाको समग्र चिनारीसहित सदस्यका छोराछोरीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति रकमबारे जानकारी गराएका थिए ।

कर्णाली साकोसका सञ्चालक समिति सदस्य निर्मला पाठक लुइटेलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा उपस्थितहरुलाई आरएमडिसीका वरिष्ठ प्रबन्धक बासु लामिछानेले शाब्दिक स्वागत गरेका थिए ।

कर्णाली साकोसका वरिष्ठ प्रबन्धक लक्ष्मीनारायण भट्टराईले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ईश्वरप्रसाद कोइरालाले विद्यालयको भौतिक एवम् शैक्षिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित खबर