२०८१ माघ २०, आइतवार , ०४:५७:५८ बजे

Sajhamanch
'

सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु

आइतवार, चैत २६, २०७९

जनकपुरधाम । सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ ।

बोदेबर्साइन नगरपालिका(६ खामगडाका ५५ वषर्ीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका(७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए ।

ज्वाइँको कुटपिटबाट नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका उनलाई स्थानीय जीवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको थियो ।

स्वास्थ्यमा सुधार हुँदा गत चैत १८ गते घर फर्केर औषधि खाइरहेका उनको शनिबार दिउँसो मृत्यु भएको डिएसपी सिंहले जानकारी दिए ।

कुटपिटमा संलग्न ज्वाइँमाथि छठुकी श्रीमती मायाबति नौनियाको ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन् । ज्वाइँ महतो अहिले पुर्पक्षका लागि थुनामा छन् ।

सम्बन्धित खबर