२०८१ मंसिर १४, शुक्रवार , ०६:४३:५७ बजे

Sajhamanch
'

महालक्ष्मी लाइफको अभियान थप सशक्त बनाइँदै

शनिवार, फागुन २०, २०७९

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको धुलाबारीमा महालक्ष्मी इन्स्योरेन्स कम्पनीले आज महिला सशक्तीकरण तथा होली मिलन कार्यक्रम गरेको छ ।

रोजगारी र समृद्धिको आधार नारा दिएर सो इन्स्योरेन्सले चलाइरहेको नयाँ अभियान महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ कार्यक्रम अन्तरगत सशक्तिकरण एवम् होली मिलन गरिएको हो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स लि, महालक्ष्मी कृषि सहकारी संस्था लि. र महालक्ष्मी आमा समूहको सयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । महालक्ष्मी कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गा खतिवडाको अध्यक्षतामा पूर्व प्रधानाध्यापक यसोदा सुब्बाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा इन्स्योरेन्स कम्पनीका उपक्षेत्रीय प्रबन्धक गुन्जन थापाले महिला सशक्तीकरण गर्न आर्थिक सशक्तीकरण आवश्यक रहेको र उक्त आवश्यकता महालक्ष्मी लाइफ मार्फत सहकार्य गरी हासिल गर्न सकिने सुझाएका थिए । जीवन बीमा किन गरिन्छ ? वर्तमान परिवर्तित नयाँ ऐनहरुमा भएको व्यवस्था र महिला नेत्री भएर काम गर्दा हुनसक्ने आम्दानी लगायत बीमाको महत्त्वबारे थापाले सहजीकरण गरेका थिए ।

उनले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सन्चालित सो कार्यक्रम देशव्यापीरुपमा सन्चालन भइरहेको र पछिल्लो २ महिनामा हजारौंको सङ्ख्यामा महिलाहरु प्रत्यक्ष स्वरोजगार भै लाभान्वित भएको जानकारी दिए ।

कार्यक्रमका अन्य वक्ताहरुले तीनवटा महालक्ष्मी मिलेर आयोजना गरेको यस्तो कार्यक्रमले काम गर्न हौसाएको र फुर्सदिलो भई बस्नेभन्दा जीवन बीमामा आवद्द भई बुझेर अघि बढ्दा समाज र राष्ट्रप्रति महत्वपूर्ण योगदान हुनाको साथै वास्तविक महिलाहरुको आर्थिक सवलिकरण हुने विचार व्यक्त गरेका थिए ।

मनोचिकित्सक काउन्सिलर शर्मिला गौतमले प्रायः गरी मानसिक समस्या मान्छेको एक्लोपनाले र अभावले हुने हुँदा यस्तो कार्यक्रमले मानसिक समस्या निराकरणमा महत्त्वपूर्ण टेवा दिने विश्वास व्यक्त गर्दै अभियानमा सहभागी हुन आव्हान गरेकी थिइन् ।

कार्यक्रममा नारी सम्बन्धी कविता वाचन, गायन तथा रङ दलेर होलीको सद्भाव साटासाट गरिएको थियो । करिव ७५ जनाको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा कम्पनिका एजेन्सी म्यानेजर सिताकुमारी खनाल, पद्मा भट्टराई, सुनिता भट्टराई लगायतको सहभागिता थियो । कार्यक्रमको सन्चालन महालक्ष्मी लाइफका शाखा प्रमुख कमलमान सिंह चौहान र सहकारीका व्यव्स्थपक प्रेमकुमारी सुवेदीले सयुक्त रुपमा गरेका थिए ।

सम्बन्धित खबर