२०८१ कार्तिक २१, बुधवार , ०४:३२:३६ बजे

Sajhamanch
'

स्वर्गद्वारी कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

शनिवार, पौष १६, २०७९

भद्रपुर । भद्रपुर ८ स्थित स्वर्गद्वारी कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मानसहित वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गर्दै सभा सम्पन्न भएको हो ।

सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष थापाले ४३८ महिला सदस्य तथा ५२१ पुरूष सदस्यसहित ९८६ शेयरधनी विवरण पेश गरे । संस्थामा पाँच करोड ४९ लाख ३४ हजार ३१५ रूपैयाँ बराबर वार्षिक कारोबार विवरण समेत पेश गरेका थिए । जसमा संस्थाले खुद नाफा पाँच लाख ९० हजार ९३३ रूपैया आर्जन गरेको जनाइएको छ ।

प्रकाश भण्डारीले सञ्चालन गरेको सभामा ६ जना शेयरधनीलाई उत्कृष्ट सदस्य सम्मान गरिएको थियो । साधारणसभाको उद्घाटन समारोहमा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, शान्ति कृषि सहकारीका अध्यक्ष देवीप्रसाद दाहाल, झापा सामुदायिक सहकारीका शशिम पोखरेल, अग्रज पत्रकार गोपाल गिरी लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर