२०८१ मंसिर १५, शनिवार , ११:५५:४९ बजे

Sajhamanch
'

घण्टीको दवाव खेपेका साँवा फराकिलो मतका साथ अग्रता, थेवे दोस्रो स्थानमा कायमै

बुधवार, मंसिर ७, २०७९

शिवसताक्षी । झापा क्षेत्र नं. ४ का नेकपा एमालेका उम्मेद्वार एलपी साँवा लिम्बुले फाराकिलो मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् ।

क्षेत्र नं. ४ को कनकाई नगरपालिकाको मतगणना हुँदा घण्टीको दवाबमा परेका साँवा झापा गाउँपालिकाको मतगणना सुरु भए यता फराकिलो मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् ।

झापा गाउँपालिकाको मतगणना गर्दा तेस्रो स्थानमा हरँदै आएको नेपाली काँग्रेसका उम्मेद्वार भने दोस्रो स्थानमा उक्लिएका छन् । कनकाईको मतगणना गर्दा पहिलो स्थानमा रहँदै आएका घण्टी चुनाव चिन्हका उम्मेद्वार सम्भु प्रसाद ढकाल भने तेस्रो स्थानमा रहेका छन् ।

हाल झापा क्षेत्र नं. ४ मा ३६ हजार २६४ मत गणना भइसकेको क्षेत्र नं. ४ को निर्वाचन कार्यालय सुरुङ्गाले जनाएको छ । जसमा नेकपा एमालेका साँवाले १३ हजार ४४ मत प्राप्त गरेका छन् भने, नेपाली कांग्रेसको उम्मेद्वार देउमान थेवेले ९ हजार ९६५ मत पाप्त गरी पछ्याइरहेका छन् । साँवाले थेवेसँग ३ हजार ७९ मतको मतान्तर बनाएका छन् । यता ढकाल भने ७ हजार ५५१ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर