२०८१ असोज ३, बिहिवार , ०९:५६:०२ बजे

Sajhamanch
'

प्रदेश १ सरकारले हाल कायम मन्त्रालय फुटाएर १२ पुर्‍याउने

सोमवार, माघ १७, २०७८

विराटनगर, प्रदेश नम्बर १ सरकारले हाल कायम रहेका मन्त्रालय फुटाएर १२ पुर्‍याउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढाउने भएको छ।

मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारले औपचारिक जानकारी दिन भने बाँकी छ। आइतबार मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका अन्य निर्णय भने सार्वजनिक गरेका थिए।

मन्त्रिपरिषद स्रोतकाअनुसार सरकारले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रालय संख्या १२ पुगाउने निर्णय गरेको छ।

पाँच दलीय गठबन्धन सरकारमा भागबन्डा मिलाउन मन्त्रालय फुटाउने निर्णय भएको बताइएको छ।

सम्बन्धित खबर