कुन्यूमा आगलागी, लाखौंको धान जल्यो

November 17, 2021 8:13 pm

मेचीनगर । झापाको मेचीनगरमा धानको कुन्यूमा आज आगलागी भएको छ ।

मेचीनगर नगरपालिका १२ सहरेडाँगीका रामबहादुर विष्ट र देवीप्रसाद मिश्रको करिब तीन बिघा जमिनमा उत्पादित धानको दुई वटा कुन्यूमा आगलागी भएको हो । आगो कसले लगाएको हो भन्नेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो ४ः१० बाट लागेको आगो मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाका दुईवटा दमकल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको छ ।

आगो नियन्त्रणमा आए पनि करिब चार लाख रुपैयाँभन्दा बढीको धान र पराल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

          November 17, 2021 8:13 pm | अर्थतन्त्र,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: