
विर्तामोडमा भक्का दिवस मनाइयो

बिर्तामोड । झापाको विर्तामोडमा चौथो भक्का दिवस मनाइएको छ । कोचिला ग्राभुर फ्रन्ट सामाजिक संस्थाले बुधबार विभिन्न कार्यक्रम गरी भक्का दिवस मनाएको हो । संस्थाले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा गरी कोच लोक साँस्कृतिक कार्यक्रमसहित दिवस मनाउँदै आएको हो ।
राजवंशी समुदायमा चामलको पिठोद्वारा भक्का बनाएर खाने चलन पछिल्लो समय सबै जातजातिका लागि लोकप्रिय बन्दै गएकाले यसको प्रवद्र्धनका लागि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भक्का दिवस’ घोषणा गरी कोच लोक साँस्कृतिक कार्यकार्यक्रम सहित राष्ट्रिय भक्का दिवस’ दिवस मनाउँदै आएको समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी गराए।
बिर्तामोडको सिटीसेन्टरमा आयोजित राष्ट्रिय भाक्का दिवस यो चौथो संस्करण हो । बिहान ८ वजेदेखि भएको चौथो राष्ट्रिय भाक्का दिवसको कार्यक्रममा निःशुल्कमा भाक्कासंगै माछा र टमाटरको चटनी खुवाईएको थियो भने लोक सांस्कृतिक नृत्यमार्फत मनोरञ्जन प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, नगर र गाउँपालिकाका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायत झापा, मोरङ् र सुनसरीबाट उल्लेख्यरूपमा सर्वसाधारणको सहभागिता थियो । कार्यक्रममा कोच समुदायको लोकप्रिय पहिरन धोती, पेटानी, गर गहना र ऐतिहासिक पुस्तकहरूको प्रदर्शनी समेत गरिएको थियो ।
January 13, 2021 8:32 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा.राजभण्डारीले लगाउने

गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक

‘माउण्ट केटू म पनि जान पाएको भए…’

बुधबारे जेसीजद्वारा रक्तदान, ४२ प्रिन्ट रगत संकलन

जब बालबच्चाले घरको खानेकुरा खाँदैनन्

कांग्रेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम

‘नभनेको कुरा लेखेर अपमान गरियो’ : वामदेवको सचिवालय
