फुङलिङ । ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते हुनुभएको छ । फक्ताङलुङ गाउँपालिका –६ मा चरिरहेको चौँरीले आक्रमण गर्दा विदेशी नागरिक घाइते हुनुभएको हो । फलेबाट घुन्सातर्फ जाने क्रममा चौँरीले पछाडिबाट आक्रमण गर्दा स्विट्जरल्याण्डका […]
काठमाडौं । ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण नयाँ नेपाली राहदानीका लागि समस्या पर्ने भएको छ। सरकारको लापरबाही र राहदानीको मौज्दात सकिँदै गएका कारण दैनिक एक हजार थान राहदानी वितरण गरिने भएको हो । राहदानी विभागले […]
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिकाको वडा नं. –२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो […]
वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामाआठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन्। वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट सात अर्ब ७७ करोड राजस्व […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच चुनावी वातावरण बनाउन सहकार्य गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले चुनावी वातावरण बनाउन संघ सरकारसँग सहकार्य गर्न तयार […]
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को नुन खानी खोंचमा पहिरो जाँदा नरसिंह खोला थुनिएको स्थानीय प्रशासनले जनाएको छ । अस्ति शनिवार रातिदेखि खोला थुनिएको ठाउँ भन्दा मुनि पानी सुकेको स्थानीयले जानकारी गराएको मुस्ताङका प्रमुख […]
काठमाडौं । दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । नवी मुम्बईमा हिजो भएको फाईनलमा २९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ३ बलमा सबै विकेट […]
काठमाडौं । सरकारले सबै निकायका सूचना प्रणालीका कर्मचारीका लागि नयाँ साइबर सुरक्षा सल्लाह (एडभाइजरी) जारी गरेको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कम्तीमा १२ अक्षर र विशेष चिन्ह भएको पासवर्ड राख्न वा पासवर्ड म्यानेजर प्रयोग […]
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया सरकारले म्यानपावरका लागि निर्धारण गरेको नयाँ मापदण्डमा असहमति जनाएको छ । सङ्घका अध्यक्ष भुवन सिंह गुरुङले मलेसियन सरकारले ल्याएको म्यानपावरबारेको नयाँ मापदण्ड व्यावहारिक नभएको बताउनुभयो । आफ्ना […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन उहाँ आज […]