२०८१ वैशाख १९, बुधवार , ०८:४२:४९ बजे

Sajhamanch
'

नि:शुल्क भर्ना भए झापामा विद्यार्थी

बिहिवार, माघ १६, २०७६

विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्दै श्रीपञ्चमी पर्व मनाईएको छ । झापा सहित देशभर विद्यालय, शैक्षिक प्रतिष्ठान, पुस्तकालय, मन्दिर तथा सार्वजानिक स्थल लगायतका ठाँउहरुमा विविध कार्यक्रम गरी मनाईएको हो ।

आजैका दिन विद्यालय जाने उमेरका बालबालिकाहरुलाई विद्यालयमा अक्षराम्भ गराउने चलन पनि रहिआएको छ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ ।

यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्छन् ।

यसैबिच, झापाका विभिन्न विद्यालयहरुले सरस्वती पूजाको अवसर पारेर नि:शुल्क भर्ना लिएको छ । नयाँ विद्यार्थी भर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन । बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको ग्लोरी इंग्लिस स्कुलमा २७ जना, बिर्तामोड नगरपालिका वडा नं. १ को मनकामना स्कुलमा ७० जना, बुद्धशान्ती गाउँपालिका वडा नं.२ को लिटल स्टार ४२ जना, बिर्तामोड नगरपालिका वडा नंं. ९ मा रहेको सहिद लक्ष्मि प्राविमा २३ जना, बिर्तामोड नगरपालिका वडा नं. ४ को इडन गार्डेन स्कुलमा ३३ जना, ब्राइट फियुचर मन्टेश्वरी बिर्तामोड नगरपालिका वडा नंं.८ मा २७ जना,बिर्तामोडमा अवस्थित कोहेड अंग्रेजी विद्यालयमा २८ जना विद्यार्थीले नयाँ भर्ना लिएका छन ।

सामुदायिक तथा संस्थागत विद्यालयहरुले विशेष पर्वको रुपमा लिएसँगै यसको रौनकता पनि बढेको छ । पूजा गरेर विद्या आर्जन हुने भने होइन, तर हाम्रो संस्कार र संस्कृती अनुसार परम्परागत रुपमा सरस्वती पुजाकै दिन नयाँ विद्यार्थी भर्ना अभियानले मानसिक रुपमा विश्वास जितेको बताउछन् प्याब्सन झापाका सहसचिव गंगाप्रसाद निरौला ।

सम्बन्धित खबर