२०८३ जेठ ६ बुधवार , १२:२१:५९ बजे

Sajhamanch
'

न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

बुधवार, जेठ ६, २०८३

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बस्नुभएको छ ।

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिसँगै मल्ल बिदामा बस्नुभएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिनुभयो ।

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । तर वैशाख २४ गते बसेको संवैधानिक परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि मल्ल असन्तुष्ट हुनुहुन्थ्यो ।

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले हिजो पदबहाली गर्नुभएको हो । संसदीय सुनुवाइ समितिले फास्ट ट्र्याकमा सुनुवाइ गरेसँगै उहाँको नियुक्ति र पदबहालीसमेत एकै दिनमा भएको छ ।

सम्बन्धित खबर