२०८३ वैशाख २७ आइतवार , ०२:४६:२२ बजे

Sajhamanch
'

थलापति विजयद्वारा मुख्यमन्त्रीको शपथ, मञ्चमै ३ वटा आदेशमा हस्ताक्षर

आइतवार, वैशाख २७, २०८३

झापा । भारतको तमिलनाडुमा तमिलगा भेट्री कडगम (टीभीके) का अध्यक्ष सी जोसेफ विजयले मुख्यमन्त्री पदको शपथ लिनुभएको छ । तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईको नेहरू रङ्गशालामा आज आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ ग्रहण कार्यक्रममा कांग्रेस नेता राहुल गान्धी पनि सहभागी हुनुभयो । आजै टीभीकेका वरिष्ठ नेतासहित ९ जना मन्त्रीले पनि शपथ लिएका छन् ।

थलापति विजय पनि भनेर चिनिने ५१ वर्षीय विजयले शपथ लिएसँगै तमिलनाडुमा झन्डै ६ दशकदेखि पालैपालो सत्ता चलाउँदै आएका द्रविड मुनेत्र कडगम (डीएमके) र अन्ना द्रविड मुनेत्र कडगम ९एआईएडीएमके० को राजनीतिक वर्चस्व समाप्त भएको छ ।

मुख्यमन्त्री बनेलगत्तै जोसेफ विजयले मञ्चमै ३ वटा आदेशमा हस्ताक्षर गर्नुभएको छ । उहाँले प्रत्येक घरपरिवारलाई २०० युनिट निःशुल्क बिजुली उपलब्ध गराउने, लागूऔषध समस्यासँग जुध्न प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने र महिला सुरक्षाका लागि विशेष कार्यदल गठन गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

२३४ सदस्यीय तमिलनाडु विधानसभामा १२० निर्वाचित सांसदको समर्थन पाएपछि राज्यपालले हिजो टीभीकेलाई सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । अब टीभीकेले कांग्रेससहितका सहयोगी दलहरूको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछ ।

सम्बन्धित खबर