२०८३ वैशाख २० आइतवार , ०५:११:१४ बजे

Sajhamanch
'

सशस्त्रका नवनियुक्त आईजीपी पौडेललाई गृहसचिवले फुली लगाउने

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नननियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन् ।

१८ वैशाखमा चार वर्षे पदावधिका कारण राजु अर्याल अनिवार्य अवकाशमा गइसक्नु भएको छ । उहाँको ठाउँमा सरकारले पौडेललाई आईजीपी बनाउने निर्णय गरिसकेको छ । शनिबारदेखि नै आईजीपी खाली भए पनि दुई दिन सार्वजनिक बिदा भएका कारण पौडेलले सोमबार मात्रै फुली लगाउने भएका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार, पौडेलले गृहसचिव राजकुमार श्रेष्ठको हातबाट दर्ज्यानी चिन्ह लगाउने छन् । निवर्तमान गृहमन्त्री सुधन गुरुङले अब आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गरिने बताउनु भएको थियो ।

जसकारण अब आईजीपीले कसको हातबाट दर्ज्यानी चिन्ह लगाउलान भन्ने चासो उठेको थियो । तर यो बीचमा गुरुङ आफैं मन्त्रीबाट हटेपछि भने उनले बोलेको विषय कार्यान्वयन नहुने भएको छ ।

गृहसचिव श्रेष्ठले आईजीपी पौडेललाई दर्ज्यानी चिन्ह लगाउने गरी गृह मन्त्रालयले तयारी गरेको छ । सोमबार बिहान पौने ९ बजे फुली लगाउने कार्यक्रम रहेको गृह मन्त्रालय स्रोतले बतायो ।