
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को ‘ट्रफी’ यही पुस २१ गते नेपाल आइपुग्ने भएको छ । ‘ट्रफी टुर’ अन्तर्गत नेपालमा जनवरी ५ देखि ७ अर्थात् पुस २१ गतेदेखि २३ गतेसम्म कार्यक्रम हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
कार्यक्रमको सम्पूर्ण विवरण, तालिका, ठाउँ र गतिविधिसम्बन्धी जानकारी छिटै दिने क्यानको भनाइ छ । टी–२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक ल्याउन लागिएको हो । नेपालमा यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी ल्याइएको थियो ।
भारत र श्रीलङ्कालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) बाट औपचारिक रूपमा ट्रफी टुर शुरू भएको थियो । यस कार्यक्रममा क्रिकेटप्रेमीहरूले विश्वकप ट्रफीलाई नजिकबाट हेर्न पाउनेछन् ।
टी–२० विश्वकपको १०औं संस्करण आउँदो फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । नेपालसहित २० वटा टोली सहभागी प्रतियोगिताको फाइनल खेल मार्च ८ मा हुनेछ ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । यो समूह नेपालसँगै इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।


