२०८२ साउन १२, सोमवार , ०३:४०:४५ बजे

Sajhamanch
'

लडाइँ चलिरहँदा कम्बोडिया र थाइल्यान्डबीच मलेशियामा शान्ति वार्ता शुरू

सोमवार, साउन १२, २०८२

झापा । विवादित सीमा क्षेत्रमा लडाइँ चलिरहँदा कम्बोडिया र थाइल्यान्डबीच शान्ति वार्ता शुरू भएको छ । घातक सीमा विवाद पाँचौं दिनमा प्रवेश गरिरहँदा कम्बोडिया र थाइल्यान्डका नेताहरूले अहिले मलेशियामा शान्ति वार्ता गरिरहेका बीबीसीले जनाएको छ ।

शान्ति वर्तामा अमेरिका र चीनका अधिकारीहरू पनि उपस्थित छन् । दुवै देशले द्वन्द्व कम भएको हेर्न चाहेको बताएका छन् । मलेशियाली प्रधानमन्त्री अनवर इब्राहिमले वार्तामा मध्यस्थता गरिरहनुभएको छ ।

यसअघि कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले वार्ताको केही घण्टा अगाडि तत्काल युद्धविरामका लागि आह्वान गर्नुभएको थियो । यस्तै थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाईले कम्बोडियाले तनाव कम गर्न वास्तविक मनसाय देखाउनुपर्ने बताउनुभएको थियो ।

जुलाई २४ मा शुरू भएको लडाइँमा कम्तीमा ३३ जनाको ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई वाशिङ्टनसँगको व्यापार वार्ताको पूर्वशर्तका रूपमा युद्धविराममा सहमत हुन आग्रह गरेपछि यो वार्ता भएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर