भद्रपुर । मेची राजमार्ग अन्तर्गत चन्द्रगढी-चारआली सडक खण्डको हनुमान चोकमा गएराति भएको सडक दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ ।
दुर्घटनाबाट भद्रपुर १० केन्द्रमोड निवासी त्रिलोक भण्डारीका २३ वर्षीय छोरा आलोक भण्डारीको मृत्यु भएको हो । भण्डारी सवार मोटरसाइकलसँग राति लगभग ९ बजेको समयमा अर्को मोटरसाइकल ठोक्किएको थियो। दुवै मोटरसाइकलमा सवार युवा घाइते भएका थिए।
घाइतेमध्येका मृतक भण्डारीले हेल्मेटको फिता नबाँधेका कारण टाउकोमा गम्भीर चोट लागेर अत्याधिक रक्तस्राव भएको कारण मृत्यु भएको चिकित्सकले जनाएका छन्
घटनामा अर्को मोटरसाइकलमा सवार घाइते एक जनाको बी एन्ड सी अस्पताल बिर्तामोडमा र एक जनाको स्थानीय पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।