२०८१ कार्तिक ८, बिहिवार , ०३:५७:१७ बजे

Sajhamanch
'

भारतमा अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण ‍र्‍याकेटमा संलग्न सात जना पक्राउ

मङ्गलवार, असार २५, २०८१

झापा । दिल्ली प्रहरीको अपराध शाखाले अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण ‍र्‍याकेटमा संलग्न एक चिकित्सकसहित सात जनालाई पक्राउ गरेको छ ।

‘अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण र्‍याकेटका मुख्य योजनाकार बंगलादेशी थिए । दान दिने र लिने दुवै बङ्गलादेशका थिए । हामीले रसेल नामका व्यक्तिलाई पक्राउ गरेका छौँ,’ अपराध शाखाका डीसीपी अमित गोयलले मंगलबार भनेका छन् । रेसलले बिरामी र दाताहरूबिच सेटिङ मिलाइदिने काम गर्थे ।

आफूहरूले प्रत्यारोपणमा संलग्न महिला डाक्टरलाई पनि समातेको र यस मामिलामा थप अनुसन्धान भइरहेको गोयलको भनाइ छ । गत हप्ता एक प्रख्यात अस्पतालकी एक महिला डाक्टरलाई पक्राउ गरिएको भन्दै भारतीय सञ्चार माध्यमहरूले समाचार छापेका थिए ।

यो र्‍याकेटको सम्बन्ध बङ्गलादेशसँग रहेको आरोप लगाइएको छ । यो गिरोहले हरेक प्रत्यारोपणका लागि २५ देखि ३० लाख भारु लिने गरेका थिए । यो र्‍याकेट सन् २०१९ देखि चलिरहेको बताइएको छ ।

सम्बन्धित खबर