२०८१ कार्तिक ८, बिहिवार , ०८:२९:५२ बजे

Sajhamanch
'

‘रोङ गट ट्यालेन्ट’ : फाइनलका लागि छानिए १५ प्रतियोगी

मङ्गलवार, असार १८, २०८१

रोङ । रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम ‘रोङ गट ट्यालेन्ट’ मा १५ जना फाइनल प्रवेश गरेका छन् ।

गायन, नृत्य र कविता विधामा ५/५ गरी १५ जना प्रतियोगीले फाइनलको यात्रा तय गरेका हुन् । तीनवटै विधामा ३२१ प्रतियोगीलाई पछि पार्दै उनीहरू फाइनलमा प्रवेश गरेका हुन् ।

अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतिस्पर्धीहरुमा कविता विधातर्फ सामुएल गजमेर, अनिश राई, तिलकराज कोइराला, तेजकुमार चौलागाईं र सुस्मा राई रहेका सो प्रतियोगिताको निर्देशक समितिले जनाएको छ ।

त्यस्तै, गायन विधातर्फ सौगात सुब्बा, हर्कमान सुन्दास, एलिना राई, अर्जुन खड्का र देवधन राई फाइनलका लागि छानिएका छन् ।

यसैगरी, नृत्य विधामा निरुता राई, प्रज्ञा भूजेल, आरध्य अर्याल, सोनु लावती र सरस्वती मुखिया फाइनलमा प्रवेश गरेका समितिले जनाएको छ ।

उक्त प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी शनिवार हुने रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । फाइनल रोङ–३ स्थित पाम्कोल सहकारी भवनमा आयोजना गरिने उनले जानकारी दिए ।

प्रत्येक विधाका विजेताले नगद पुरस्कारसहित विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्ने स्याङ्बोको भनाई छ ।

मङ्गलवार, असार १८, २०८१ | समाज, सासंक

सम्बन्धित खबर