२०८३ जेठ १० आइतवार , ११:४९:०७ बजे

Sajhamanch
'

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’लाई ‘जुरी प्राइज’

आइतवार, जेठ १०, २०८३

काठमाडौं । विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले ‘जुरी प्राइज’ जितेको छ । फ्रान्समा भएको ७९औँ कान्स फिल्म फेस्टिभलमा यो फिल्मले दोस्रो महत्त्वपूर्ण विधा ‘अन सर्टेन रिगार्ड’तर्फ क्लोजिङ सेरोमनीमा यो अवार्ड जितेको हो ।

अविनाशविक्रम शाह निर्देशित चलचित्र ‘एलिफेन्ट्स इन द फग’ नेपालको एक गाउँमा बसोबास गर्ने लैंगिक अल्पसंख्यक समुदायले गरेको संघर्षको कथामा आधारित छ । फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग र आकांक्षा कार्कीलगायतको अभिनय छ ।

कान्समा छानिएको नेपाली फिचर चलचित्र यो नै पहिलो हो । यसअघि शाहले नै निर्देशन गरेको सर्ट फिल्म ‘लोरी’ले कान्सको ७५औँ संस्करणमा ‘स्पेसल मेन्सन’ अवार्ड जितेको थियो ।

सीमित स्रोत, कठिन संघर्ष र स्थानीय कथाभूमिबाट बनेको नेपाली फिल्मले कान्सजस्तो विश्वकै प्रतिष्ठित मञ्चमा सम्मान पाउनु महत्वपूर्ण क्षण रहेको भन्दै प्रशंसा भइरहेको छ ।

सम्बन्धित खबर