
कनकाई । अखिल नेपाल महिला संघ, कनकाई नगर कमिटीको तेस्रो नगर सम्मेलन अनिता राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न भएको छ ।
कमिटीको नवनिर्वाचित उपाध्यक्षमा कमला अधिकारी खतिवडा, सचिवमा निर्मला खड्का, उप–सचिवमा रिना फूयाँल र कोषाध्यक्षमा रेनुका खवास छन् ।
पदाधिकारीतर्फ ५ जना, भूूगोलबाट ३ जना गरी ९ वटा वडाबाट २७ जना, आदिवासीतर्फ २ जना र दलितबाट १ जना गरी जम्मा ३५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष एवं नेकपा एमाले कनकाई नगर कमिटी उप–सचिव राधिका ओली कडरियाले बताइन् ।
उक्त सम्मेलनको उद्घाटन गर्दै अनेम संघ केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अम्बिका खवास राजवंशीले आउँदो निर्वाचनमा पार्टीभित्र महिलाहरुको संख्यात्मक सहभागितासँगै गुणात्मक पक्ष बढाउनुपर्नेमा जोड दिइन् ।
प्रमुख अतिथि खवासले महिला अधिकार प्राप्तिका लागि महिलाहरुले गरेको आन्दोलन र प्राप्त उपलब्धिको रक्षाका लागि सदैब चनाखो हुनुुपर्ने धारणा राखिन् ।
सम्मेलनको उद्घाटन सत्रमा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं. ४ का इञ्चार्ज चन्द्रकुमार शेर्मा, अनेमसंघ जिल्ला अध्यक्ष पवित्रा पाठक, एमाले जिल्ला कमिटी सदस्य खेम मिश्र, कनकाई नगर कमिटी अध्यक्ष गोकर्ण ओझा लगायतले शुुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्ष मीरा भट्टराईले राजनीतिक, सांगठनीक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
त्यसक्रममा उनले विसं. २००८ साल फागुन २५ गते कामक्षदेवी बस्नेतको अध्यक्षतामा औपचारिक स्थापना भएको अनेमसंघ जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई अघि बढिरहेको बताइन् ।
अध्यक्ष भट्टराईले संघको दीगो सञ्चालनका लागि यसवर्षबाट अक्षयकोषको स्थापना गरिएको र उक्त कोषमा १ लाख ३२ हजार रुपैयाँ रहेको प्रतिवेदनमार्फत जानकारी गराइन् ।
सो अवसरमा एमाले केन्द्रीय सल्लाहकार सदस्य सूूर्य उप्रेती, कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा कोशी प्रदेशका पूूर्वसांसद हिराकुुमार थापा, कोशी प्रदेश कमिटीका पूर्वसदस्य प्रेमप्रसाद दाहाल, सदस्य भीमा शिवाकोटी, कोशी प्रदेशका पूूर्वसल्लाहकार सदस्य टीकाप्रसाद लामिछाने, जिल्ला कमिटी सदस्यहरु रविन्द्र लम्साल, विनोद राना, सीता अधिकारी, प्रेस चौतारी केन्द्रीय निर्वाचन आयोग सदस्य सावित्रा दाहाल, अनेमसंघ जिल्ला कोषाध्यक्ष कोपिला पाठक, एमाले पूर्व जिल्ला कमिटी सदस्य ओम पाठक लगायतको आतिथ्यता थियो ।
आयोजक कमिटी अध्यक्ष मीरा भट्टराईको अध्यक्षतामा भएको सम्मेलनको खुला सत्रमा शाब्दिक स्वागत नगर कमिटी उपाध्यक्ष अनिता राई र सञ्चालन नगर कमिटी सचिव मञ्जु सापकोटाले गरेकी थिइन् ।