२०८१ साउन १२, शनिवार , १०:००:०० बजे

Sajhamanch
'

थाइल्यान्डको चर्चित बजारमा आगलागी हुँदा झन्डै एक हजार वटा जनावर मरे

मङ्गलवार, जेठ २९, २०८१

झापा । थाइल्यान्डको राजधानी बैंककको चर्चित बजार चतुचकमा आगलागी हुँदा झन्डै एक हजार वटा जनावर मरेका छन् ।

आज बिहान झन्डै एक सय वटा पसलमा आगलागी हुँदा चराचुरुङ्गी, कुकुर, बिरालो र सर्पहरू जलेर मरेका बीबीसीले जनाएको छ । यस्तै आगलागीमा मुसा, पाइथन र गेकोसहरू पनि जलेका छन् ।

बिजुली शर्ट भएर आगलागी भएको र अहिलेसम्म मानवीय क्षतिबारे कुनै जानकारी प्राप्त नभएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

साँघुरो गल्लीहरूमा दशौँ हजार पसलहरू भएको चतुचक दक्षिण पूर्व एशियाको सबैभन्दा ठूलो बजारहरूमध्ये एक हो । यो थाइल्यान्डको साप्ताहिक बजारहरूमध्ये सबैभन्दा ठूलो र सबैभन्दा चर्चित बजार पनि हो ।

यहाँ हरेक शनिवार र आइतवार झन्डै दुई लाख जना पर्यटक आउने दाबी गरिएको छ । तर घरपालुवा जनावर बेच्ने बजारको भाग भने हप्ताभर खुला रहन्छ ।

सम्बन्धित खबर