२०८१ साउन १२, शनिवार , ०७:०७:४३ बजे

Sajhamanch
'

छात्रवृत्तिका लागि ६० करोड बजेट

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विद्यालय शिक्षामा प्रदान गरिने छात्रवृत्तिका लागि ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण प्रस्तुत गर्दै विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन् ।

अतिविपन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कक्षा ६ देखि कक्षा १२ सम्म नै छात्रवृत्ति प्रदान गरिने भएको छ ।

हाल कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रदान गरिँदै आएको थियो । यसलाई विस्तार गरेर कक्षा ६ देखि नै बनाइएको अर्थमन्त्री पुनले बताए ।

सम्बन्धित खबर