२०८१ साउन ११, शुक्रवार , ११:४२:३७ बजे

Sajhamanch
'

संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गणतन्त्र दिवशको अवसरमा मंगलवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए ।

“संविधानले परिलक्षित गरेबमोजिम हामीले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न गरेका छौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन र संक्रमणकालीन न्यायका बाँकी काम समेत यथाशीघ्र सम्पन्न गर्न सरकार दृढ छ ।”

उनले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपांगता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, रोजगारी, स्वरोजगारका अवसर, आर्थिक सहायता, पुनस्र्थापना र परिपूरणको व्यवस्था मिलाइएको जानकारी दिए ।

सम्बन्धित खबर