२०८१ साउन ११, शुक्रवार , ०४:३१:५० बजे

Sajhamanch
'

‘रावायण’ का तीन गीतमा बलिउड गायक-गायिकाको आवाज

सोमवार, वैशाख ३१, २०८१

काठमाडौं । छायांकन चलिरहेको फिल्म ‘रावायण’का तीन गीतलाई मुम्बईमा रेकर्ड गरिएको छ । शीर्षसहित रोमान्टिक र आइटम ट्रयाक रेकर्ड गरिएको निर्देशक सुदर्शन थापाले जनाए ।फिल्मको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत रेकर्ड गरिएको हो । शीर्ष गीतमा नकाश अजिजको स्वर छ । रोमान्टिक ट्रयाकमा कुनाल गान्जावालाको स्वर छ । आइटम गीतमा सोनु कक्करको आवाज छ ।अजिजले बलिउड फिल्म ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले रे’, ‘फेन्टम’को ‘अफगान जलेबी’, ‘आर राजकुमार’को ‘सारी के फल से’, ‘ट्युबलाइट’को ‘नाच मेरी जान’ र ‘उचाइ’को ‘केटीको’ जस्ता गीतमा स्वर दिएका छन् ।

गान्जावालाले बलिउड फिल्म ‘मर्डर’को ‘भिघे ओठ तेरे’, ‘पार्टनर’को ‘दुपट्टा तेरा’, ‘सीसा’को ‘यार को मेने’, ‘काल’को ‘काल धमाल’, ‘धुम’को ‘सलामे’लगायतका चर्चित गीत गाएका छन् ।कक्करले बलिउड फिल्म ‘दम’ को ‘बाबुजी जरा धिरे चलो’, ‘ब्लू’को ‘ब्लू थिम’, ‘जिस्म २’ को ‘ए कसुर’, ‘क्वीन’को ‘लण्डन’ लोकप्रिय छन् । तीनवटै गीतमा भारतीय संगीतकार रेवन सिंह र निरज सिंहको संगीत छ ।

संगीतकार रेवन भारतमा रुचाइएका संगीतकार, गायक, गीतकार, ब्याकग्राउण्ड स्कोरर, वाद्यवादक हुन् । निर्देशक थापाले संगीत र अन्य पोस्ट–प्रोडक्सनका काम भारतमा गरेको बताए ।

‘मिक्सिङ, मास्टरिङदेखि संगीतका सबै काम भारतमा नै गरेर भारतीय गायक-गायिकमार्फत गीत रेकर्ड गरेका हौं । जसले गर्दा संगीतको गुणस्तर पनि उत्कृष्ट हुन्छ,’ उनले भने ।

फिल्ममा पूजा शर्मा, पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चाण्डक, प्रकाश साह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकाललगायतको अभिनय छ । यो फिल्मको सुटिङ अहिले सर्लाहीमा चलिरहेको छ । अझै २० दिन छायांकन हुने थापाले बताए । फिल्मको रिलिज मिति आगामी भदौ २१ गतेलाई तय छ ।

सम्बन्धित खबर