२०८१ जेठ ८, मङ्गलवार , ०४:११:२५ बजे

Sajhamanch
'

नाटक ‘बाजी’ वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ । नाटक हरेक दिन साँझ साढे ५ बजे मञ्चन हुनेछ ।

एन्टोन चेखवले सन् १८८९ मा लेखेको कथा ‘बाजी’ लाई रङ्गकर्मी रविन परियारले नाट्य रूपान्तरण र निर्देशन गरेका छन् । नाटकमा गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, अनुप तिमिल्सिना, रविन परियार र जयप्रकाश ताजपुरियाको अभिनय रहेको छ ।

एन्टोन चेखव आफूलाई मनपर्ने नाटककार तथा कथाकार भएकाले उनको कुनै रचनालाई मञ्चमा देखाउने क्रममा यो कथा छानेको निर्देशक रविन परियारले बताए । ज्ञान मानिस रूपान्तरण हुने संवाहक हो, कारागारमा बन्दीले रूपान्तरण हुने अवसर पाउने हो भने धेरै अपराधीले आफूलाई सुधार्न सक्छ भन्ने कुराहरूलाई निर्देशकले नाटकमा प्रस्तुत गर्न खोजेका छन् ।

सम्बन्धित खबर